वातावरणविद् शाक्यको निधन- उपत्यका - कान्तिपुर समाचार

वातावरणविद् शाक्यको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — वातावरणविद् सूर्यमान शाक्यको निधन भएको छ । ६५ वर्षीय शाक्यको सोमबार बिहान उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो । 

नेपालको पहिलो वातावरण इन्जनियरको रुपमा समेत चिनिएका शाक्यले वातावरणीय क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन् । शाक्यका सहपाठी समेत रहेका नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा.नवराज खतिवडाका अनुसार शाक्यले अमेरिकामा वातावरण इन्जिनियरिङमा स्नातकोत्तर गरेर सन् १९८२ मा स्वदेश फर्केपछि वातावरण क्षेत्रमा सक्रिय हुँदै आएका थिए । शाक्य यसअघि वातावरण संरक्षण परिषद्को सदस्य सचिव, फोहोरमैला व्यवस्थापन केन्द्रमा महानिर्देशक भएर काम गरेका थिए ।

गुहेश्वरीमा रहेको वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण, उपत्यकाबाट विक्रम टेम्पोको विस्थापन र सवारी साधानको नियमनमा शाक्यको महत्वपूर्ण योगदान रहेको खतिवडाले बताए ।

पछिल्लो समय काठमाडौं विश्विविद्यालयमा उनले वातावरण विज्ञान र वातावरण इन्जिनियरिङमा संकाय अध्यायपन गराउँदै आएको केयूका रेक्टर डा.सुबोध शर्माले बताए । केयूको इन्जिनियरिङ कार्यक्रममा शाक्यको ठूलो योगदान रहेको शाक्यले वातवरणीय प्रभाव मूल्यांकन विषय अध्यायपन गराउने गरेको शर्माले बताए । रेक्टर शर्माका अनुसार शाक्यले नेपालमा झुलंगे पुललाई व्यवस्थित गर्ने सवालमा,फोहोर मैला व्यवस्थापनमा आफ्नो विज्ञता प्रस्तुत गर्दै महत्वपूर्ण योगदान दिएका थिए ।

ग्वार्को घर भएका शाक्यका २ छोरा,एक छोरी र श्रीमती छन् ।

प्रकाशित : वैशाख २०, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीमा सोमबार थपिए ५ सय ७९ कोरोना संक्रमित

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा सोमबार ५ सय ७९ नयां संक्रमित थपिएका छन् । थप भएका मध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका २ सय ५१ जना रहेका छन् ।

त्यस्तै, तिलोत्तमानगरपालिकामा १ सय २६, सिद्धार्थनगर नगरपालिकामा ९०, सैनामैना नगरपालिकामा ३२, देवदहनगरपालिकामा २० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै, ओमसतिया गाउँपालिकामा १५, कञ्चनमा १२, मायादेवी र शुद्धोधनमा ९, सियारीमा ८, रोहिणीमा ४ र सम्मरीमाई गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् ।

कुल ४ हजार १ सय ५ सक्रिय संक्रमितमध्ये ३ हजार ९ सय ७४ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोभिडका कारण ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×