१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ललितपुर प्रशासनमा पनि अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द 

प्रशान्त माली

ललितपुर — ललितपुर जिल्ला प्रशासन कार्यालयमा सोमबारबाट एक साताका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको छ ।

ललितपुर प्रशासनमा पनि अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द 

कोभिड संक्रमित प्रत्येक दिन बढ्दै गएकाले यस्तो निर्णय गरिएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिए । उनले अन्य कार्यालयमा पनि भीडभाड हुन नदिन आलोपालो पद्धतिबाट सेवा दिने व्यवस्था मिलाउन भनिसकेको बताए ।

जिल्लामा मालपोत, नापी, यातायात व्यवस्था कार्यालय, टेलिकम गरेर ६३ वटा कार्यालय छन् । प्रशासनबाट उपलब्ध गराउँदै आएको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता एक साताका लागि स्थगित गरिएको छ ।

शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित काम र अन्य अत्यावश्यक सिफारिसहरु भने सुचारु हुने बस्नेतले बताए ।

प्रकाशित : वैशाख १२, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?