सिद्धिपुरमा बालकुमारी जात्रा

प्रशान्त माली

ललितपुर — सिद्धिपुरबासीले बालकुमारी जात्रा मनाएका छन् । चैत मसान्तदेखि पाँच दिन मनाइने जात्राको मूल दिन शनिबार गणेश, भैरव र बालकुमारीको खट सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै नगर परिक्रममा गराइएको थियो ।

सिद्धिपुरका मनोज महर्जनका अनुसार जात्रामा फूलको विशेष महत्व छ । जात्राको पहिलो दिन कोट घरबाट गणेश, भैरव र बालकुमारी तीनै देवता मन्दिरमा ल्याइ आ–आफ्नो स्थानमा प्रतिस्थापन गराइन्छ ।

यसका लागि ल: स्वाँ (एक प्रकारको फूल) अनिवार्य मानिन्छ । वैशाख १ मा विशेष गरी गणेशको जात्रा गरिन्छ । ‘गणेशको मनपर्ने फूल दाफा हो,’ उनले भने । जात्रामा जाइफल र सी:न्याए: स्वाँ (फूल नफूल्ने एक प्रकारको फूल) पनि चढाउने परम्परा छ ।

प्रकाशित : वैशाख ४, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?