उपत्यका

सिद्धिपुरमा बालकुमारी जात्रा

सिद्धिपुरबासीले बालकुमारी जात्रा मनाएका छन् । चैत मसान्तदेखि पाँच दिन मनाइने जात्राको मूल दिन शनिबार गणेश, भैरव र बालकुमारीको खट सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै नगर परिक्रममा गराइएको थियो ।

पाटन अस्पतालमा आईसीयू बेड अभाव

पाटन अस्पतालमा कोभिड–१९ का बिरामी बढ्न थालेपछि आईसीयू बेडको अभाव भएको छ । आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी धमाधम फर्किन बाध्य भएका छन् । 

वैशाख ३, २०७८

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने

टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुने भएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।

टोखामा मनाइयो बिस्केट जात्रा

कोभिड–१९ को दोस्रो लहरको जोखिमबीच टोखामा बिस्का: जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ पनि लिगो उठाउने/ढाल्ने र सिन्दुर जात्रा मुख्य आर्कषणको रुपमा लिइन्छ । यसबाहेक भक्तपुरमा जिब्रो छेड्ने, भैरवनाथ, भद्रकाली रथ यात्रा गरिन्छ भने टोखामा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई खत जात्रा गरी नगर परिक्रममा गरिन्छ ।अन्य ठाउँमा जीवित देवी कुमारी मात्र उपस्थित गराइन्छ । भने यहाँ कुमारीसँगै जीवित देवी गणेशको जात्रा गरिन्छ ।

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुर नगरपालिका–१ चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

वैशाख २, २०७८

भक्तपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या, एक प्रक्राउ 

सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोस्थित गाई फार्ममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।

जात्रामय भक्तपुर

बिस्केट (बिस्काः) जात्राको पाँचौं दिन अर्थात् नयाँ वर्षको पहिलो दिन तान्त्रिक विधिपूर्वक उभ्याइएको लिङ्गो ढालिएको छ । चैत मसान्तको रातिसम्म भेलुखेलमा बाजागाजासहित लिङ्गो उभ्याउने प्रयास गरे पनि नसकिएपछि बुधबार दिउँसो क्षमापूजा गरेर तान्त्रिक विधिपूर्वक उभ्याइएको ५५ हात लामो लिङ्गो साँझ ढालिएको हो । 

वैशाख १, २०७८

नेपालभाषाका महिला शिक्षक धेरै

काठमाडौंको वसन्तपुर क्षेत्रमा बस्दै आएका जगन्नाथ पन्त नेपालभाषा (नेवारी) शिक्षकका रूपमा छानिएपछि औधी खुसी छन् । नेवार समुदायनिकट रहेका उनी स्थानीयसँग नेवारीमै बोली व्यवहार गर्छन् ।

चैत्र ३१, २०७७

बिस्केटको लिंगो ठड्याइयो 

ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्केट जात्राको चौथौं दिनको राति भेलुखेलस्थित ५५ हाते लिंगो उभ्याएको छ । आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने बिस्केट जात्राअन्तर्गत ५५ हाते लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी अष्टमातृकाको प्रतिक आठ वटा डोरी बाँधेर मङ्गलबार साँझ लिंगो उभ्याइएको हो । 

डढेलो निभाउन जाँदा जलेर मृत्यु

वनमा लागेको डढेलो निभाउने क्रममा जलेर ललितपुरको वाग्मती गाउँपालिका–७ गिम्दी, उर्लामा एक जनाको मृत्यु भएको छ । जिल्लाकै अति विकट र जोखिमयुक्त क्षेत्र मानिने उर्लाको धराप डाँडा सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा ५९ वर्षीय सन्तलाल सिंगारको मृत्यु भएको हो ।