टोखामा मनाइयो बिस्केट जात्रा- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोखामा मनाइयो बिस्केट जात्रा

तस्बिर : इलिट जोशी, प्रशान्त माली

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहरको जोखिमबीच टोखामा बिस्का: जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ पनि लिगो उठाउने/ढाल्ने र सिन्दुर जात्रा मुख्य आर्कषणको रुपमा लिइन्छ । यसबाहेक भक्तपुरमा जिब्रो छेड्ने, भैरवनाथ, भद्रकाली रथ यात्रा गरिन्छ भने टोखामा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई खत जात्रा गरी नगर परिक्रममा गरिन्छ ।
अन्य ठाउँमा जीवित देवी कुमारी मात्र उपस्थित गराइन्छ । भने यहाँ कुमारीसँगै जीवित देवी गणेशको जात्रा गरिन्छ ।

टोखा संस्कृति सरक्षित क्षेत्र विकास समिति अध्यक्ष गणेश श्रेष्ठ भन्छन्, ‘टोखाबासी विषेश गरि जात्रा नाग र नागिनीको आत्माको शान्तिको कामना गर्ने गरिन्छ ।’

कारण टोखामा प्राचिनकालमा टोखामा एक भिल्मो नामक राजाले राज्य चलाउँथे । भिल्मो राजाका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु (पुजारी) थियो । किंवदन्ती अनुसार एक दिन श्रीमतीको तीव्र इच्छाका कारण पुजारीले आफ्नो तान्त्रिक बलबाट नागको रूप धारण गरेछन् । पुजारी पुन: मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षता छर्कनु पर्नेमा आत्तिएर आफ्नै मुखमा हाली छिन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे पनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो ।

तत्कालिन राजाले यो कुरा थाहा पाएर नाग र नागिनीको आत्माको शान्तिको लागि विस्का जात्रा सुरु गरेको किंवदन्ती रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

आठ रात नौ दिन मनाइने जात्रामा शुक्रबार विधिपूर्वक पूजाआजा गरी सिंगारिएको गणेश, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको खत सरस्वती चौरस्थित नारायण पोखरीमा स्नान गराएका छन् । टोखावासीले गहना खोज्ने अर्थमा लिने यसलाई जात्राको मुख्य आर्कषण्को रुपमा लिइन्छ । जात्राको रौनक हेर्न घुइँचो लागेको थियो ।


शुक्रबार नै नागनागिनीको भेषमा नाग प्याँख र विभिन्न भेषमा या:प्याँख, माक प्याँख, मयुर प्याँख प्रस्तुत गरिएको थियो । शनिबार सिन्दुर जात्रा गरी सातैवटा खटद्वारा नागको प्रतिकको रुपमा उठाइएको ५४ हात अग्लो योसी (लिंगो) परिक्रमा गराइ आ–आफ्नो मन्दिरमा भित्राइनेछ ।


आइतबार टोखाको शिवपुरी वनमा रहेको बज्रयोगिनी मन्दिरमा गएर पूजाआजा गरी भोज खाने चलन छ । यस सिन्दुर जात्रामा सहभागी सबै खलक, पुच:, गुठी, क्लब तथा संघसंस्था भोजमा सहभागी हुने परम्परा छ । जात्रा व्यवस्थापन गर्न टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलको संयोजकत्वमा समिति गठन गरिएको थियो ।


प्रकाशित : वैशाख ३, २०७८ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार

कलेन्द्र सेजुवाल, चाँदनी कठायत

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पार्टी नेकपा (माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसद मत पाएपछि उनको पद जोगिएको छ । विश्वासको मतको लागि २० सांसद आवश्यक थियो ।

प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरेका छन् । उनीहरु मधव नेपाल पक्षीय सांसद हुन् । मत विभाजनको आधारमा गरिएको मतदानमा ५ जना विश्वासको मतको पक्षमा उभिएका थिए । राप्रपाकी एक्ली सांसद सोशिला शाहीले भने तटस्थ बस्ने निर्ण लिइन् ।

योसँगै मुख्यमन्त्री शाहीको सरकार तत्कालको लागि जोगिएको छ । केही महिनापछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भएको स्रोतको भनाइ छ । ह्वीप उल्लंघन गर्ने सांसदहरु दलबाट कारबाहीमा परे पनि केही समय मन्त्री हुने उक्त स्रोतले बतायो ।

एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका थिए । माधव नेपाल समूहका सांसदहरुले संसदीय दलको ह्वीप उल्लंघन गर्ने आकलन गरिएको थियो । शुक्रबार बिहान संसदीय दलका नेता यामलाल कँडेलको घरमा बसेको दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।


प्रकाशित : वैशाख ३, २०७८ १७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×