कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भक्तपुर — अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत भक्तपुर नगरपालिका–१ चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक किनाराको बारमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके नेपालगञ्ज घर भइ काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुर साल्पासिलिछो चौकीडाँडा घर भइ पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी छन् ।

मोटरसाइकल दुर्घटनाबाट सख्त घाइते दुवैको उपचारकै क्रममा मध्यपुर अस्पताल नयाँ थिमिमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । घटनास्थल नजिकैको सिसिटिभीको अभिलेख हेर्दा उक्त मोटरसाइकलको गति तीव्र रहेको र अनियन्त्रित भइ सडक किनाराको बारमा ठोक्किएर दुर्घटना भएको देखिएको उनले बताए ।

प्रकाशित : वैशाख ३, २०७८ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?