कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भक्तपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या, एक प्रक्राउ 

भक्तपुर — सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोस्थित गाई फार्ममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।

भक्तपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या, एक प्रक्राउ 

प्रहरीका अनुसार बिहीबार सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोस्थित कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फार्मको टहरामा सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।

राईको हत्या गरी भाग्दै गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी राजेश थापाको टोलीले घेराबन्दी गरेर एक जनालाई पक्राउ गरेका छन् । प्रहरीले हत्याको आरोपमा फार्म सञ्चालक गोकुलबहादुर खुलालका छोरा काठमाडांै कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका २० वर्षीय आशिष खुलाललाई पक्राउ गरेको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख तारादेवी थापासमेत घटनास्थलमा पुगी अनुसन्धान गर्दा जस्ताको टहरामा भित्रबाट चुकुल लगाएको र झ्याल खुल्ला रहेको भुईंमा धारिलो हतियारले घाँटी टाउको लगायतका स्थानमा काटेको अवस्थामा राईको शव फेला गरेको जनाएको छ ।

प्रहरीका अनुसार मृतक ईश्वर राईले बिहीबार बिहान आशिष खुलाललाई फोन गरी सिपाडोल आउने जानकारी दिएका थिए । ईश्वर राईले महोत्तरी घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिस योञ्जन र सुनिल बललाई समेत लिएर खुलालकोमा आएको पनि प्रहरीले बताएको छ । उनीहरुले खुलाललाई भेटी गाई फार्मको टहराभित्रबाट चुकुल लगाएर चारै जना कुराकानी गरेको र वादविवाद भई झै–झगडा हुँदा खुलालले खुकुरी प्रहार गरेको पाइएको छ ।

खुलालले राईलाई खुकुरी प्रहार गर्न थाले पछि युनिस योञ्जन र सुनिल बल झ्यालबाट भाग्न सफल भएको तथा राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी गिरीले बताए । घटनास्थलबाट रगत लागेको खुकुरी फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?