२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विष्णुमती नदी सफाइ अभियान सुरु

काठमाडौँ — नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको छ ।

बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको हो । विष्णुमती सफाइ अभियानको आयोजनामा बुधबार बिहान विष्णुमती नदीको शोभा भगवति क्षेत्रबाट सफाइ अभियान प्रारम्भ गरिएको छ ।

विष्णुमती नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदूषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गई मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए ।

विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उनले जानकारी दिए । आगामी दिनमा अझै बढी समय दिइने पनि उनको भनाइ छ ।

विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । अभियानलाई थप विस्तार र प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।

प्रकाशित : वैशाख १, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?