बिस्केटको लिंगो ठड्याइयो 

तस्बिर : अंगद ढकाल

भक्तपुर — ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्केट जात्राको चौथौं दिनको राति भेलुखेलस्थित ५५ हाते लिंगो उभ्याएको छ । आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने बिस्केट जात्राअन्तर्गत ५५ हाते लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी अष्टमातृकाको प्रतिक आठ वटा डोरी बाँधेर मङ्गलबार साँझ लिंगो उभ्याइएको हो । 

बिस्केटको लिंगो ठड्याइयो 

जात्राको चौथो दिन एवं वर्षको अन्तिम दिन चैत्र मसान्तमा भक्तपुर नगरपालिका तालाक्वस्थित ज्याठा गणेशको मन्दिर परिसरमा स्थानीय प्रजापति समुदायले लिंगो उभ्याइसकेपछि ग:हिटीमा रहेको भैलख खला: जुकेगु अर्थात् भैरवको रथलाई तानेर लयक्व, खला: हुँदै भेलुखेल लगी बाजागाजासहित लिंगो उभ्याइने प्रचलन छ ।

त्यसैगरी, मध्यपुर थिमि नगरपालिका–८ स्थित महालक्ष्मी मन्दिर बोडेमा पनि लिंगो उभ्याइएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीलाई बेवास्ता गर्दै सयौंको उपस्थितिमा लिंगो ठड्याइएको छ । गत वर्ष बिस्केट जात्रा औपचारिक पूजामा सीमित गरेको थियो ।




प्रकाशित : चैत्र ३१, २०७७ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?