कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

उपत्यकाका तीनै रथ जात्रा हुने

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार चढाइयो निमन्त्रणा
प्रशान्त माली

काठमाडौँ — कोभिड–१९ महामारीका कारण गत वर्ष रोकिएका काठमाडौं, ललितपुर र भक्तपुरको प्रसिद्ध रथजात्रा यस वर्ष पनि हुने भएका छा् । काठमाडौंमा सेतो मत्स्येन्द्रनाथ रथ यात्रा व्यवस्थापन समिति र ललितपुरमा रातो मत्स्येन्द्रनाथका पुजारी ३२ पानेजु संघ, ज्योतिषी खलक, गुठी संस्थान त:बहाल शाखा कार्यालयलगायत सरोकारवाला बसेको बैठकले मत्स्येन्द्रनाथ र मीननाथको रथ यात्रा परम्पराअनुसार निरन्तरता दिने निर्णय गरेको हो ।

उपत्यकाका तीनै रथ जात्रा हुने

भक्तपुरमा मनाइने बिस्का: जात्रा पनि नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले बुधबार अन्तरिम आदेश दिएको हो । भक्तपुरको जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले कोभिडको संक्रमण बढ्ने जोखिम रहेको भन्दै जात्रामा रोक लगाएको थियो।

रथ तान्न, लिंगो ठड्याउन, जिब्रो छेड्ने र सिन्दुर जात्रामा रोक लगाएपछि विरोधमा भक्तपुरबासीले ङातापोल (पाँचतले मन्दिर) मा बाजागाजासहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले दबाब स्वरुप हाम्रो बिस्का हाम्रो सान हो, नेवा चाड देशको आर्थिक मेरुदण्ड हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भक्तपुर नगरपालिका–५ निवासी अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले स्वयंसेवक परिचालन गरेर जात्रालाई व्यवस्थित बनाइने बताए । आठ दिन नौ रातसम्म चल्ने बिस्का जात्रा चैत २८ गते शनिबारबाट सुरु हुँदैछ । अहिले रथको काम अन्तिम चरणमा पुगेको छ ।

सेतो मत्स्येन्द्रनाथ यात्रा भने बैशाख ७ मा परेको छ । सेतो मत्स्येन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिका अध्यक्ष नीलकाजी शाक्यले स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य नीति मापदण्ड अपनाएर जात्रा गरिने बताए । ‘बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा पनि चढायाैं,’ उनले भने ।

रातो मत्स्येन्द्रनाथ जात्राका लागि पनि काठको काम धमाधम भइरहेको छ । राष्ट्र प्रमुख उपस्थित भएर गरिने जात्रा व्यवस्थापन नहुँदा गत वर्ष स्थानीय र प्रहरीबीच झडप भएको थियो । यस वर्ष रातो मत्स्येन्द्रनाथको महास्नान (न्हव) वैशाख १५ र रथारोहणको साइत २९ गते परेको छ । मत्स्येन्द्रनाथलाई कटुवाल दहमा लिन जाने साइत भने वैशाख २८ गते परेको छ ।

प्रकाशित : चैत्र २६, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?