पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने- उपत्यका - कान्तिपुर समाचार

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् । 

बुधबार भएको महासंघको २६औं महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका छन् । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसिएसनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराए ।

प्रकाशित : चैत्र २६, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा विमला भण्डारी

रासस

काठमाडौँ — नेपाल पत्रकार महासंघ कास्कीमा विमला भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनमा भण्डारी १७४ मतसहित विजयी बनेकी हुन् । उनका प्रतिस्पर्धी केशवशरण लामिछानेले १२१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमल्सिना, उपाध्यक्ष (महिला)मा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिवमा श्रीराम सिग्देल, सहसचिव (समावेशी)मा रेमबहादुर विक, कोषाध्यक्षमा कृष्ण दबाडी, सदस्य (महिला)मा सपना अधिकारी, सदस्य (दलित)मा विजय नेपाली, सदस्य ( आदिवासी/जनजाति)मा पदम श्रेष्ठ र सदस्य (अन्य समावेशी)मा जैनव खातुन विजयी भएका छन् ।

त्यस्तै खुला सदस्यतर्फ कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ (सुमन), प्रभु अधिकारी, सन्तोष सुवेदी, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, युवराज गुरुङ (युनिस) र हरि पन्त विजयी बनेका छन् । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा राजबहादुर गुरुङ, कमल पौडेल अथक, गङ्गाधर पराजुली, आरजु विष्ट सल्यानी र श्यामनाथ कुँवर विजयी बनेका छन् ।

प्रकाशित : चैत्र २६, २०७७ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×