नक्सालको एक रेस्टुरेन्टमा आगलागी

कान्तिपुर संवाददाता

काठमाडौँ — नक्साल नारायणचौरको फुड ट्रक रेस्टुरेन्टमा सोमबार दिउँसो आगलागी भएको छ ।

नक्सालको एक रेस्टुरेन्टमा आगलागी

घटनामा टासी शेर्पाको उक्त रेस्टुरेन्टको भित्री भागसँगै सबै सामान नष्ट भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । प्रिफ्याबको प्रयोगबाट निर्मित रेस्टुरेन्टमा फैलिएको आगो दमकल र प्रहरी मिलेर निभाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।


प्रकाशित : फाल्गुन २४, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?