२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

किशोरी बलात्कारको आरोपमा एक पक्राउ

भक्तपुर

काठमाडौँ — किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिराहा धनगढी नगरपालिका–४ घर भइ मध्यपुर थिमि–३ कौशलटार बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी छन् ।

किशोरी बलात्कारको आरोपमा एक पक्राउ

चौधरीले १७ वर्षीया किशोरीलाई विवाह गर्छु, घुम्न जाउ भन्दै उदयपुर गाईघाटबाट बसमा चढाएर कौशलटारस्थित डेरामा ल्याएर पटक–पटक जबरजस्ती करणी गरेको जाहेरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा शुक्रबार पक्राउ परेका चौधरीको भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसी दिपक गिरीले बताए ।

प्रकाशित : फाल्गुन २३, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?