२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

क्याम्पसमै आत्मरक्षा तालिम

सीमा तामाङ

काठमाडौँ — त्रि-चन्द्र युथ रेडक्रस सर्कलले क्याम्पसकै प्राङ्गणमा महिलालाई आत्म रक्षा (सेल्फ डिफेन्स) तालिम दिन सुरु गरेको छ । महिलामाथि बढ्दो हिंसा तथा बलात्कारलाई मध्यनजर गर्दै मंगलबारदेखि आत्मरक्षा तालिम दिन सुरु गरेको सर्कलका अध्यक्ष बन्दना पोखरेलले बताइन् ।

क्याम्पसमै आत्मरक्षा तालिम

‘हरेक महिलालाई आत्मरक्षा तालिम आवश्यक पर्छ,’ उनले भनिन्, ‘महिला हिंसाहरुलाई रोक्न नसके पनि त्यस्तो अवस्था आएको खण्डमा आफ्नो रक्षाको लागि आफैं लड्न सक्छन् ।’

एक सातासम्म चल्ने तालिममा मंगलबार २८ जना विद्यार्थी सहभागी थिए । केही त्रि-चन्द्र कलेजकै विद्यार्थी थिए भने केही अन्य कलेजका विद्यार्थी सहभागी थिए ।

आत्मरक्षाका तालिमका प्रशिक्षक राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी तथा करातेका प्रशिक्षक विरकृष्ण शाही र कराते खेलाडी दिपा गिरी छन् । प्रशिक्षक शाहीले आत्म रक्षा महिलाको लागि अति आवश्यक रहेको बताए । यसले महिलाको आत्मबल समेत बढ्ने उनले बताए ।




प्रकाशित : फाल्गुन १८, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?