कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दरबार हाइस्कुललाई चीनद्वारा शैक्षिक सामग्री सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — चीन सरकारले काठमाडौंको दरबार हाइस्कुललाई शैक्षिक सामग्री सहयोग गरेको छ । चिनियाँ नयाँ वर्षका अवसरमा उपलक्ष्यमा चीन सरकारका तर्फबाट स्टेसनरी, खेलकुद तथा स्वास्थ्य सामग्री र पोसाक सहयोग गरिएको हो ।

दरबार हाइस्कुललाई चीनद्वारा शैक्षिक सामग्री सहयोग

विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरिन् । त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा सहयोग गरेको बताए ।

२०७२ सालको भूकम्पमा पूर्ण रूपमा क्षति भएको दरबार हाइस्कुल भवन चिनियाँ सरकारले पुनर्निर्माण गरिदिएको थियो । चीन सरकारकै सहयोगमा विद्यालयमा फर्निचरलगायत सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निर्माणपछि विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?