लागूऔषध सहित भारतीय नागरिक पक्राउ


भक्तपुर — लागूऔषध सहित भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बेतिया सिक्टा–१० का ४७ वर्षीय आनन्दराम चमार छन् ।

आइतबार भक्तपुर नगरपालिका–१ सल्लाघारी डा.इवामुरा मेमोरियल अस्पताल नजिकै शंकास्पद रुपमा हिँडिरहेका चमारलाई खानतलासी गर्ने क्रममा कम्मरमा बाँधेर लुकाइ ल्याएको लागूऔषध सहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।
प्रहरीले चमारको साथबाट डाइजोपाम ३ सय थान, नोर्फिन ३ सय थान, फेनेरागन ३ सय थान बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका चमारलाई भक्तपुर जिल्ला अदालत पेश गरी ७ दिन म्याद थप गरेको समेत डीएसपी गिरीले बताए ।
प्रकाशित : फाल्गुन ९, २०७७ १८:२४