१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ललितपुरमा ३० लाख नगदसहित १७ जना जुवाडे पक्राउ

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर प्रहरीले ३० लाख नगदसहित १७ जना जुवाडेलाई सुनाकोठीबाट पक्राउ गरेको छ ।

ललितपुरमा ३० लाख नगदसहित १७ जना जुवाडे पक्राउ

उनीहरुलाई ललितपुर महानगरपालिका–२६ स्थित अजय महर्जनको घरको दोस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक पोषणराज थपलिया र सुरेशराज भट्टको कमाण्डमा खटिएको ३५ जनाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, सानुकान्छा महर्जन, पुर्ण श्रेष्ठ, विनोद प्रसाद घिमिरे, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन, चिरीकाजी महर्जनलगायत छन् ।

उनीहरुको साथमा ३० लाख ८४ हजार ४ सय रुपैयाँ रकम बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरु बारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रज्वल महर्जनले बताए ।

जुवा ऐन, २०२० दफा ४ अनुसार पहिलोपटकलाई सामान्य जरिवाना, दोस्रो पटकलाई एक महिना देखि तीन महिनासम्म कैद र तेस्रो पटक देखिकोलाई १ वर्ष कैद हुने व्यवस्था छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?