भक्तपुरमा टिपरको ठक्करबाट शिक्षकको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — टिपरको ठक्करबाट पैदलयात्री शिक्षकको मृत्यु भएको छ । शुक्रबार राति भक्तपुर नगरपालिका–१ घलाते चोकमा नम्बर नखुलेको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का ३५ वर्षीय बलराम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुरमा टिपरको ठक्करबाट शिक्षकको मृत्यु

प्रहरीका अनुसार उनी नाईटिङ्गेल बोर्डिङ स्कुल कुपन्डोल ललितपुरमा शिक्षक पेसामा कार्यरत थिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते तामाङको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । प्रहरीले ठक्करदिने बा ५ ख ४७९ नम्बरको टिपर र चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–११ घरका २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार तीव्रगतिमा गुडेको टिप्पर बाटो काट्दै गरेका तामाङलाई जोगाउन खोज्दा ठक्कर दिई डिभाईडरमा कोल्टे पर्न गएको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?