हत्याका अभियुक्त ६ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–४ काफ्लेटोल घर भई ललितपुर कुमारीपाटी बस्ने ५४ वर्षीय भिमे सार्की छन् ।

हत्याका अभियुक्त ६ वर्षपछि पक्राउ

काठमाडौं–१० धोबीखोलास्थित सिम्रिक पुलमुनी २०७१ चैत ९ गते दाङ तुल्सीपुर नगरपालिका–१० घरभइ थापागाउँ बस्ने द्रोणबहादुर सेनलाई इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको थियो ।

घटनाको अनुसन्धानको क्रममा सेनको हत्यामा भिमे सार्की संलग्न रहेको र घटनापछि फरार भई भारतको राजस्थानमा लुकिछिपी बस्दै आएकोमा पछिल्लो समय काठमाडौं आएको सूचनाको आधारमा बुधबार महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

पक्राउ परेका सार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?