कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चाँगुनारायण नगरको प्रशासनिक भवन निर्माण सुरु

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण थालेको छ । चाँगुनारायण–५ छालिङ घुमाउनेमा मंगलबार उक्त नगरपालिकाको भवन नगरप्रमुख सोमप्रसाद मिश्र, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाललगायतले शिलान्यास गरेका हुन् ।

चाँगुनारायण नगरको प्रशासनिक भवन निर्माण सुरु

करिब ३० रोपनी क्षेत्रफलमा बन्न लागेको ६ तले प्रशासनिक भवनमा एमईओसी भवन, ६ वटा सहायक भवनहरु, क्यान्टिन, सुरक्षाकर्मी भवन हुनेछन् । भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरको ३ करोड रुपैयाँ र नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ मा १० करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख मिश्रले बताए ।

नगरपालिकाका इञ्जिनियर रुपेश गेलालका अनुसार भवन निर्माणका लागि ४१ करोड ३४ लाख २५ हजार रुपैयाँ लागत इष्टमेट तयार भएको र निर्माण व्यवसायीले ३४ दशमलव ५ प्रतिशत कम २५ करोड ४६ लाख २५ हजार रुपैयाँ लागतमा भवन निर्माणको कबोल गरेका छन् ।

भवन निर्माणका लागि सिनर्जी/ब्राइट/ज्ञानज्योति जेभीसँग सम्झौता भई काम सुरु भएको छ । उक्त निर्माण कम्पनीले आगामी २०८० वैशाख २५ भित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्छ । उक्त प्रशासनिक भवनको बाहिरी बनावट मौलिक शैलीको हुने जनाएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?