२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जोशी दम्पतीद्वारा शरीर दानको घोषणा

कान्तिपुर संवाददाता

ललितपुर — वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन् ।

जोशी दम्पतीद्वारा शरीर दानको घोषणा

ललितपुर महानगरपालिकाको कार्यालयमा शुक्रबार सम्पन्न एक समारोहबीच जोशी दम्पतीले आफ्नो शेषपछि किस्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान दिने घोषणा गरेका हुन् । संस्कृतिविद् जोशीले एक सय वर्षको उमेर कटिसकेपछि शरीरको अवस्था कस्तो हुँदोरहेछ भन्ने जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले दान गर्न लागिएको बताए । ‘आफ्नो दीर्घजीवन र ऊर्जाका बारेमा अनुसन्धान गर्न सके चिकित्सा विज्ञान अध्ययनका लागि सहयोगी हुनेछ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १, २०७७ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?