१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

केयूकेएलको अध्यक्षमा खत्री चयन

काठमाडौँ — काठमाडौं उपत्यका खानेपानी लिमिटेड( केयूकेएल)को बोर्ड बैठकले त्रिरेशप्रसाद खत्रीलाई अध्यक्षमा चयन गरेको छ ।  मंगलबार बसेको बोर्डको बैठकले खत्रीलाई अध्यक्ष नियुक्त गरेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए ।

केयूकेएलको अध्यक्षमा खत्री चयन

‘बहुमत सदस्यले खत्रीसरलाई अध्यक्षमा चयन गरेको छ,’ उनले भने, ‘मेलम्चीको पानी काठमाडौं आउने तरखरमा छ, अब अध्यक्ष चयन भइसकेपछि समन्वय गर्न निकै सजिलो हुन्छ।’ नेपाल सरकारको सह-सचिव समेत रहेका खत्री मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख हुन् । यसअघि उनी मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुखसमेत भइसकेका हुन् ।

नेपाल सरकार, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, उपत्यका १६ वटै नगरपालिका केयूकेएलको शेयर सदस्य रहेका छन् ।

प्रकाशित : माघ २७, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?