१४ जना अग्रज पत्रकारलाई सम्मान

काठमाडौँ — नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १४ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि रहिसकेका १४ जना दिवंगत पत्रकारको सम्मानमा काठमाडौं शाखाले पत्रकारिता पुरस्कार स्थापना गरेको थियो ।

शाखाको २२ औं साधारणसभाको अवसर पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनही २० हजार राशी र सम्मानपत्रसहित अग्रज पत्रकारहरुलाई पुरस्कार प्रदान गरे । यस वर्ष बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार इन्द्र रिजाललाई प्रदान गरिएको छ ।

अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार राजेन्द्र स्थापित, अग्नी शिखा स्मृति पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार बलराम थापा, जसुदा प्रधान स्मृति पुरस्कार देवेन्द्र चुडाल, शोभा शाह स्मृति पुरस्कार निर्मला शर्मा, डम्बर गिरी स्मृति पुरस्कार विश्वराज किराँत, मुरारी गौतम स्मृति पुरस्कार निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पुरस्कार ज्ञान उदास, रामचन्द्र हुमागाई स्मृति पुरस्कार ईश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पुरस्कार मानध्वज लामा, एमडी कुलुङ स्मृति पुरस्कार टिवी बिरही, तारा न्यौपाने स्मृति पुरस्कार गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पुरस्कार दामोदरप्रसाद दवाडीलाई प्रदान गरिएको छ । पत्रकार वासुदेव दाहालको २०७१ कात्तिक १ गते सबारी दुर्घटनामा परी निधन भएको थियो ।

अन्य १३ जना पत्रकारको विभिन्न समयमा उपचारका क्रममा निधन भएको थियो । यसअघि अनी शिखा र तारा न्यौपानेका नाममा संयुक्त रुपमा दिइदै आएको पुरस्कार यसपटक छुट्टाछुट्टै व्यक्तिलाई प्रदान गरिएको शाखाका अध्यक्ष शन्तराम बिडारीले बताए । कार्यक्रममा सञ्चारमन्त्री गुरुङले पत्रकारले सत्यतथ्य र विश्वसनीय समाचार जनतासमक्ष ल्याउनु पर्ने बताए । पत्रकारिताको हकहितका लागि काम गर्न आफू प्रतिवद्ध रहेको पनि बताएका थिए ।

यसैबीच बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका अग्रज पत्रकार ईन्द्र रिजालले आफूले पाएको २० हजार राशी पुरस्कारमा थप १ हजार १ सय ११ रुपैयाँ थप गरी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अक्षय कोषमा जम्मा गरेका छन् । रिजालले उक्त रकम शनिबार नै शाखालाई हस्तान्तरण गरे ।

प्रकाशित : माघ २४, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?