२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

लागूऔषधसहित पक्राउ परेका व्यक्ति भागे

काठमाडौँ — नागढुंगाबाट लागूऔषधसहित पक्राउ परेका सर्लाही धनकौलका मोहम्द इल्ताज प्रहरी नियन्त्रणबाटै भागेका छन् । उनीलाई आइतबार प्रहरीले टेकुस्थित काठमाडौं प्रहरी परिसरमा ल्याउँदै गरेको अवस्थामा पाटन क्षेत्रबाट भागेको प्रहरी स्रोतले जनाएको छ ।

'नागढुंगा चेक पोस्टमा पक्राउ परेकालाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिसर काठमाडौं ल्याउँदै गर्दा पाटन क्षेत्रबाट भागेको देखिन्छ,' ती स्रोतले भन्यो, 'ती व्यक्तिले लागूऔषध बेच्ने मान्छेलाई पनि चिनाउने भनेपछि सँगै लैलाँदा झुक्याएर भागे ।'

तर महानगरिय प्रहरी वृत्त थानकोटका डिएसपी मोहन खाँडले पक्राउ गरिएका लागूऔैषध कारोबारी भागेकोबारे बताउन चाहेनन् । उनले भने, 'यसबारे परिसर काठमाडौंलाई जाहेर गराइसकेको छु । उतै बुझ्नुहोला ।'

इल्ताजबाट प्रहरीले नाइट्राभेट ट्याबलेट, डिजेपाप, फेनरागन, नुर्फिनलगायतका लागूऔषध बरामद गरेको जनाएको छ । उनलाई महोत्तरीबाट काठमाडौं आउँदै गरेको बसबाट पक्राउ गरिएको थियो ।

प्रकाशित : माघ ११, २०७७ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?