कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकिङ कसुरमा संलग्‍न तीन जना पक्राउ

रासस

काठमाडौँ — बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौंको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ ।

बैंकिङ कसुरमा संलग्‍न तीन जना पक्राउ

झण्डै तीन करोड ३२ लाख ठगी गरेको प्रमाणित भई उच्च अदालत पाटनबाट कैद र जरिवाना तोकिएर फरार हुँदै आएकालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आइतबार अदालतमा पेस गरिएको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुमध्ये अधिकारीलाई आइतबार, थापालाई शनिबार र अम्गाईंलाई बिहीबार पक्राउ गरिएको थियो ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउ गर्ने क्रममा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेक दिएका थिए । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उनीहरुलाई सजाय सुनाइएको थियो ।

प्रकाशित : माघ ४, २०७७ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?