कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अनेरास्ववियूद्वारा ओलीको कदमविरुद्ध कार्टुन प्रदर्शन 

काठमाडौँ — नेकपा निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको कदमविरुद्ध सडकमा ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ । आन्दोलनरत अनेरास्ववियूको दोस्रो चरणको कार्यक्रमअन्तर्गत काठमाडौंको कमलादीस्थित डवलीमा प्रदर्शन गरिएको हो ।

अनेरास्ववियूद्वारा ओलीको कदमविरुद्ध कार्टुन प्रदर्शन 

प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक कदमलाई व्यंग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टुनहरुलाई संकलन गरी प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

कार्टुन प्रदर्शन कार्यक्रममा ' प्रतिगमन भारी छ, हाम्रो आन्दोलन जारी छ' , ' संविधान माथि को रैछन् , केपी ओली पो रैछन् ' जस्ता नारा लगाइएको थियो ।

कार्यक्रममा ओली कदम नसच्चिँदासम्म आन्दोलन जारी रहने भन्दै चाँडै तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

प्रकाशित : पुस २९, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?