कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पर्स चोरी आरोपमा महिलालाई बाँधेर यातना दिने दुई जना पक्राउ 

भक्तपुर — पर्स चोरीको आरोपमा बाँधेर यातना दिने दुई जना महिलालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

पर्स चोरी आरोपमा महिलालाई बाँधेर यातना दिने दुई जना पक्राउ 

महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी राजेश थापाका अनुसार भक्तपुर नगरपालिका–७ हनुमानघाटकी ४० वर्षीया कृष्णलक्ष्मी कारन्जित र सुनसरी धरान उपमहानगर–१५ घरभई भेलुखेल बस्ने ५२ वर्षीया नानु विकलाई शुक्रबार पक्राउ गरेर आइतबार अभद्र व्यवहारअन्तर्गत म्याद थप गरेको हो ।

पुस २१ भक्तपुर नगरको हनुमानघाटमा पर्स चोरीको आरोपमा स्थानीय सपना बानुलाई पाटी (फल्चा) को खम्बामा बाँधेर सिस्नु लगाई यातना दिइएको थियो । आफन्तको मृत्यु संस्कारमा हनुमानघाट पुगेका भक्तपुर नगरपालिका–७ का एलिस कुस्माको हराएको पर्स चोरीको आरोपमा बानुलाई बाँधेर सिस्नु लगाई यातना दिइएको थियो । यातनामा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेको डीएसपी थापाले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २८, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?