छुरा प्रहारबाट साथीको हत्या

काठमाडौँ — छुरा प्रहार गरेर आफ्नै साथीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बुढानीलकण्ठ-१ मा गत पुस २३ गते स्थानीय राजसिंह ठकुरीले आफ्नै साथी सुशील तामाङलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी वृत्त महराजगन्जका डीएसपी रोशन खड्काले बताए । 

छुरा प्रहारबाट साथीको हत्या

उनका अनुसार पुस २३ गते सामान्य विवाद हुँदा बुढानीलकण्ठ-१ मा ठकुरीले तामाङलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका २१ वर्षीय तामाङलाई थप उपचारका उनैले नजिकैको अस्पताल लगेका थिए । त्यहाँ उपचार नसकेपछि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो ।

उपचारकै क्रममा तामाङको पुस २६ गते मृत्यु भएको डीएसपी खड्काले बताए । प्रहरीका अनुसार छुरा प्रहारबाट तामाङको तीघ्रा र अण्डकोषमा चोट लागेको थियो । छुरा प्रहारपछि फरार रहेका ठकुरीलाई प्रहरीले चितवनबाट पुस २७ गते नियन्त्रणमा लिएको छ ।

पीडित परिवारले ठकुरीसिहत अन्य २ जनाविरुद्ध किटानी जाहेरी दिएको डीएसपी खड्काले बताए । ठकुरी अहिले हिरासतमा छन् भने घटनामा संलग्‍न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?