आगलागीबाट पाँच पसल जलेर नष्ट

भक्तपुर — सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित आइतबार राति आगलागी हुँदा पाँच पसल जलेर नष्ट भएको छ ।

आगलागीबाट पाँच पसल जलेर नष्ट

स्थानीय रामकृष्ण चौगुठीको एक तले कच्ची जस्ताको टहरामा भोज बहादुर घिसिङले सञ्चालन गरेको मासु पसलबाट सुरु भएको आगलागीबाट पाँच पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आइतबार राति करिब १२ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा १२ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । मध्यरातमा भएको आगलागी जुद्ध बारुण यन्त्र भक्तपुर, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा राति नै नियन्त्रणमा आएको उनले बताए ।

आगलागीबाट घिसिङको मासु पसलमा रहेको जिउँदो ब्रोइलर कुखुरा २५ वटा, तयारी मासु र फ्रिज १ थान, नारायण साडेमियाले सञ्चालन गरेको चिया पसलमा रहेको फ्रिज १ थान, टेबुल, कुर्सी नष्ट भएको छ ।

त्यसैगरी, रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नम्बरको मोटर साइकल पूर्ण रुपमा क्षति भएको छ ।

बिमल घिमिरेले सञ्चालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु र नरेश कर्माचार्यको कोठा समेतमा आगलागी हुँदा कोठामा रहेका दराज, पलङलगायत अन्य सामान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २७, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?