कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भक्तपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

भक्तपुर — मध्यपुर थिमी–३ गठ्ठाघरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश ३–०२–०४ प ७३२४ मोटरसाइकलका चालक उदयपुर लिमचुङबुङ गाउँपालिका–१ का २२ वर्षीय मनराज राई छन् । 

भक्तपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०२-०४ प ७३२४ नम्बर मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल शनिबार साँझ आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मनराज राई र २४ वर्षीया मनिकला राई सख्त भएका थिए । उनीहरुलाई उपचारका लागि केएमसी अस्पताल सिनामङ्गल पुर्‍याइएको र चिकित्सकले मनराजलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । मनिकलाको भने सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा सामान्य घाइते भएका बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल चालक रौतहट गौर नगरपालिका–८ का ४१ वर्षीय युवराज विक उपचारपछि सवारी साधनसहित महानगरीय प्रहरी वृत थिमीको नियन्त्रणमा रहेको जनाएको छ ।

प्रकाशित : पुस २६, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?