कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संसद्‍ विघटनविरुद्ध पाटनमा विवेकशील साझाको सांकेतिक विरोध

प्रशान्त माली

ललितपुर — प्रतिनिधिसभा विघटनविरुद्ध ललितपुरको पाटन दरबार क्षेत्रमा मंगलबार विवेकशील साझा पार्टीले सांकेतिक विरोध जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको व्यवस्थाविपरीत संसद् विघटन गरेर देशलाई अन्योलनमा पुर्‍याउने खोजिएकै भन्दै सांकेतिक विरोध गरेको विवेकशील साझाले जनाएको छ । 

संसद्‍ विघटनविरुद्ध पाटनमा विवेकशील साझाको सांकेतिक विरोध

पार्टीभित्रको गुटबन्दीको झगडाले संसद् भंग गरेकोप्रति खबरदारी गरिएको प्रदीपकुमार थापाले बताए । उनले प्रधानमन्त्रीको अवैधानिक कदमविरुद्ध निरन्तर रुपमा सडकमा उत्रने चेतावनी दिए । संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा सर्वोच्च अदालतले निष्पक्ष रुपमा फैसला दिने आफ्नो पार्टीको अपेक्षा रहेको उनले बताए ।

विरोधका क्रममा विवेकशील साझा पार्टीका कार्यकर्ताले पाटन दरबार क्षेत्रमा नेपाल नक्सा बनाएको थियो । त्यसका वरिपरि उनीहरु उभिएका थिए । उनीहरुलाई डोरीले बाँधेको थियो । ती व्यक्तिहरुले भ्रष्टाचार, दलाल माफिया लगायत लेखिएका प्लेकार्ड बोकेका थिए । विगत ३० वर्षदेखि यस्ता व्यक्तिहरुले नेपाल घेरेर राखिएको छ भन्ने संकेत गराउन खोजिएको नेता थापाले बताए ।

तस्बिर : बिजु महर्जन, कान्तिपुर

प्रकाशित : पुस ७, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?