मध्यपुर थिमिमा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

काठमाडौँ — अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुर थिमि नगरपालिका–४ एसएस चोकमा सोमबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मध्यपुर थिमिमा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भइ ट्राफिक आइल्यान्डमा ठोक्किएर दुर्घटना हुँदा चालक मध्यपुर थिमि–९ राधेराधेका २९ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

दुर्घटनाबाट सख्त घाइते तामाङको मध्यपुर अस्पताल थिमिमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नर्भिक अस्पताल पुर्‍याइएकोमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

प्रकाशित : मंसिर १६, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?