महानगरद्वारा कान्ति बाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरद्वारा कान्ति बाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । महानगरसँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पीसीआर मेसिन सोमबार अस्पताललाई दिएको हो ।

महानगरका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त मेसिन हस्तान्तरण गरिएको हो ।

करिब १६ लाख रुपैयाँ पर्ने उक्त मेसिन हस्तान्तरणपछि मेयर शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे । ‘भगिनी सम्वन्ध स्थापित भएका विभिन्न नगरहरुले महानगरलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामग्री चरणबद्ध रुपमा हामीले सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ,’ उनले भने, ‘सेवा कसले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री बिरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ ।’

कान्ति बाल अस्पतालका निर्देशक डाक्टर पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला महानगरले गरेको यो ठूलो सहयोग भएको बताए । ‘हामी अहिले कोभिड-१९ विरुद्धको लडाईँमा छौँ,’ उनले भने, ‘यस्तो बेलामा महानगरले निकै ठूलो सहयोग गरेको छ । अब एक हप्ताभित्रमा हामी सेवा सुरु गर्ने छौँ ।’

उनका अनुसार दैनिक २० देखि ३० जनासम्मको परीक्षणका लागि नमुना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने दाबी गरे । ‘अहिलेसम्म कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना पोजिटिभ देखिएको छ,’ उनले भने, ‘आजसम्मको तथ्याङ्क हेर्ने हे भने १ जना मात्रै कोरोना पोजिटिभका बिरामी रहेका छन् । अहिलेसम्म दुई जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।’

प्रकाशित : कार्तिक १७, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार आरोपमा देवर पक्राउ, एक जना फरार

प्रदीप मेन्याङ्बो

धरान — डरधम्की देखाएर भाउजूलाई बलात्कार गरेको आरोपमा धरानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक जना फरार भएका छन् । २२ वर्षीय युवकलाई प्रहरीले साेमबार पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति ती महिलाका काका ससुराका छोरा हुन् भने फरार हुने व्यक्ति आफ्नै देवर । एक छोरा र एक छोरीकी आमासमेत रहेकी २२ वर्षीया महिलालाई करिब डेढ वर्षदेखि डर, धम्की देखाएर बलात्कार गर्दै आएको उजुरीका आधारमा एक जनालाई पक्राउ गरिएको र अर्का व्यक्तिको खोजी भइरहेकाे भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार महिलाका श्रीमान् घरबाहिर भएको मौका छोपेर लामो समयदेखि उनलाई घरकै २३ वर्षीय देवरले बलात्कार गर्दै आएको खुलेको छ । उनले भने, ‘घरको देवरले आफूले भाउजूसँग शारीरिक सम्पर्क गरेको कुरा काकाको छोरालाई पनि सुनाएपछि ब्ल्याकमेल गरेर उसले पनि बलात्कार गर्दै आएको रहेछ ।’

दुवै जनाले बलात्कारबारे परिवार वा प्रहरीलाई खबर गरे हत्या गरिदिने धम्की दिएपछि चुपचाप सहेर बसेको महिलाले उजुरीमा उल्लेख गरेकी छिन् । मानसिक तनाब हुन थालेपछि उनले माइतकी आमा र परिवारलाई भनेकाे र दुई दिनअघि मात्र माइती पक्षले कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार बलात्कार घटना सार्वजनिक भएपछि परिवारबीचमा मिलाउने प्रयाससमेत भएको थियो । तर माइती पक्षले उजुरी गर्ने अडान लिएपछि घरका देवर तत्काल फरार भएका थिए ।

प्रकाशित : कार्तिक १७, २०७७ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×