३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हाते ट्याक्टर दुर्घटना हुँदा कृषकको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जना कृषकको ज्यान गएको छ ।

शनिबार सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको प्रहरीले बताएको छ ।

पक्की सडकबाट भिरालो बाटोमा ट्याक्टर गुडाएर ल्याउँदा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको डीएसपी गिरीले बताए ।

प्रकाशित : कार्तिक १५, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?