१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भक्तपुरमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेका ८१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मुटुसम्बन्धी समस्या रहेका उनको असोज २६ गते सूर्यविनायक नगरपालिकाको घुम्ती स्वाब संकलन टोलीमार्फत पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसयता होम आइसोलेसनमा बस्दै आएका ती व्यक्तिको सोमबार साँझ मृत्यु भएको वडाध्यक्ष राजकुमार जोशीले जानकारी दिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको जोशीले बताए ।


प्रकाशित : कार्तिक ४, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?