ललितपुरमा कात्तिक २ गतेदेखि अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित हुने- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा कात्तिक २ गतेदेखि अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित हुने

कान्तिपुर संवाददाता

ललितपुर — कोरोना भाइरस संक्रमण फैलिएकाले ललितपुरमा कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगित गर्ने भएको छ । 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी), सबै सरोकारवाला निकायसँगको छलफल, परामर्श एवं निष्कर्षका आधारमा अनिश्चितकालका लागि सार्वजनिक सेवा प्रवाह स्थगित गर्ने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले शुक्रबार सूचना जारी गर्दै कोभिड १९ को संक्रमण दर अत्यधिक बढिरहेकोले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालहरुमा भीडभाड भइ सेवाग्राहीमा संक्रमणले भयावह रुप लिन सक्ने भन्दै कात्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यकबाहेक सेवाप्रवाह स्थगित गरिने जानकारी गराएका हुन् ।

'कोभिड १९ को संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गरी जिल्ला कोभिड १९ संक्ट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेत सँगको छलफल, परामर्श एवं निष्कर्षका आधारमा मिति २०७७/०७/०२ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवाप्रवाह स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ', सूचनामा उल्लेख छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्

एमएडब्लू अर्थमुभर्सको ‘जेसीबी एनएक्सटी २२१ एलसी’

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ एक्स्काभेटर नेपालको भूबनोटलाई ध्यानमा राखी डिजाइन गरिएको छ । साथै यसमा ‘नेक्स्ट लेभल फिचर’ पनि छन् ।

नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले नयाँ एक्स्काभेटर ‘जेसीबी एनएक्सटी २२१ एलसी’ सार्वजनिक गरेको छ ।

यसले १३ सय आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ ।

पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्ने कम्पनीले जनाएको छ । यसमा ७ इन्चको एलसीडी डिस्प्ले छ ।

जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×