


काठमाडौँ — काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसाे एलपीजी ग्यास सिलिन्डर विस्फाेट भएर आगलागी भएको छ ।

आगलागीमा परी ३ जना सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।
ग्यास विस्फोटबाट भएको क्षति तस्बिर : उत्तमकुमार श्रेष्ठको फेसबुकबाट
घाइतेहरुको खुट्टामा पोलेको र उनीहरुको सोह्रखुट्टेस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
तस्बिरहरू : केशव थापा/कान्तिपुर
घटनास्थलकाे आगो दमकल र प्रहरीको टोलीले निभाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित : आश्विन २९, २०७७ १३:०८