१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खाद्य व्यवस्था तथा कम्पनीकै गोदाममा २ वर्षअघि उत्पादन भएको चामल

सीमा तामाङ

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा दुई वर्ष पुरानो उत्पादन मिति भएको चामल भेटिएको छ ।

खाद्य व्यवस्था तथा कम्पनीकै गोदाममा २ वर्षअघि उत्पादन भएको चामल

आइतबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली पुग्दा कम्पनीले सन् २०१८ उत्पादन मिति लेखिएको चामल बिक्री गरिरहेको पाइएको थियो ।

चामलका बोरामध्ये केहीमा उत्पादन मिति देखिन्छ । केहीमा २०१९ देखिन्छ । अधिकांसमा यस प्रकारको लेबल छैन । उक्त चामल जापान सरकारले गएको पुस महिनामा खाद्य सहयोगका रुपमा उपलब्ध गराएको कम्पनीका वरिष्ठ लेखा अधिकृत नरनाथ अधिकारीले बताए ।

खाद्य बस्तु लेवल नदेखिएपछि प्रश्‍न गर्दा कम्पनीका गुणस्तर अधिकृत दीपा लामिछानेले लेबल राख्ने चरणमा रहेको दाबी गरिन् । ढिलो चाँडो लेबल राख्ने उनले बताइन् ।

यो सरकारका निकायको गम्भीर लापरबाही भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए । ‘निजी क्षेललाई गुणस्तर कायम भएन भनेर कारबाही गर्ने सरकारले चाहिँ जे पायो त्यही गर्न कहाँ मिल्छ र?,’ उनले भने ।

अनुगमन टोली पुगेका बेला कम्पनीका प्रादेशिक प्रमुख पवित्र गौत्तम भने कार्यालय बाहिर थिए ।

प्रकाशित : आश्विन २५, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?