कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पशुपति क्षेत्रमा स्थानीयको आन्दोलन

कान्तिपुर संवाददाता

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

पशुपति क्षेत्रमा स्थानीयको आन्दोलन

पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनाश गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरुयोजनाको विरुद्धमा आन्दोलन सुरु गरिएको बताए ।

गुरुयोजनाले स्थानीय धार्मिक, समाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको संगतले बताए । उनले पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको चार किल्ला भित्र बसोबास गर्दै आएका पुरानो बस्तीलाई विस्थापित गर्ने र जात्रा पर्वहरुको विनास गरी व्यापारीकरण गर्न लागेको आरोप लगाए ।

काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश सिंह डंगोेलले पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायहरुसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको बताए । उनले पनि यस क्षेत्रको धर्म, संस्कृति, जात्रा, पर्वको विनास हुने गरी गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्ताव सहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ । कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो । पुरानो योजनाको समीक्षा नगरी नयाँ गुरुयोजना तयार पारिएकाले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।

प्रकाशित : आश्विन १९, २०७७ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?