काठमाडौंको गोलढुंगामा पानी बोक्ने गाडी पल्टियो, ३ जना घाइते 

काठमाडौँ — तारकेश्वर नगरपालिका ५ गोलढुंगामा बुधबार दिउँसो पानी बोक्‍ने गाडी पल्टिँदा ३ जना घाइते भएका छन् ।

काठमाडौंको गोलढुंगामा पानी बोक्ने गाडी पल्टियो, ३ जना घाइते 

महानगरीय प्रहरी वृत्त बालाजुका इन्स्पेक्टर गम्भीरजंग थापाका अनुसार बा २१ च २१३३ नम्बरको पानी बोक्‍ने गाडी तारकेश्वर-५ गोलढुंगामा अनियन्त्रित भएर पल्टिएको हो । उनले गाडीमा सवार ३ जना घाइते भएको जानकारी दिए ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?