ब्युटी पार्लर र शैलुन सञ्‍चालन गर्न दिनुपर्ने भन्दै प्रदर्शन

काठमाडौँ — ब्युटी पार्लर र शैलुन सञ्चालन गर्न दिनुपर्ने माग राख्दै माइतीघर मण्डलामा मंगलबार व्यवसायीहरुले प्रदर्शन गरेका छन् । 

ब्युटी पार्लर र शैलुन सञ्‍चालन गर्न दिनुपर्ने भन्दै प्रदर्शन

सौन्दर्य कला व्यवसायमा आबद्ध ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरि ४ जिल्लाका व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न नदिए सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताएका छ्न ।

प्रदर्शनमा संयुक्त नाइ संघर्ष समितिले ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म प्रदर्शन गरेको थियो ।सरकारले कोरोना संक्रमणका बेला अन्य व्यसायहरु सञ्चालन गर्न दिएपनि ब्युटी पार्लर,शैलुन लगायतका सौन्दर्य कला व्यवसायलाई सञ्चालन गर्न दिएको छैन ।

सौन्दर्य कला व्यवसायलाई सरकारले धरसायी बनाउन खोजेको व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित : भाद्र ३०, २०७७ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?