कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौं महानगरका मेयर शाक्य कोरोना मुक्त

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त भएका छन् । शनिबार स्वाब दिएका मेयर शाक्यको आइतबार कोरोना नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । 

काठमाडौं महानगरका मेयर शाक्य कोरोना मुक्त

सचिवालयका मोहन बास्तोलाले भने, 'उहाँले हिजो (शनिबार) स्वाब दिनुभएको थियो । आज नेगेटिभ रिपोर्ट आएको छ । केही दिन निवासमै आरामपछि नियमित काममा फर्किनु हुनेछ ।'

मेयर शाक्यलाई १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । शाक्य संक्रमित बनेसँगै केही दिन घरमै आइसोलेसनमा बसेर पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा सरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २८, २०७७ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?