२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूकाे गरियाे पीसीआर परीक्षण

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौं महानगरपालिकाका विभिन्न ठाउँमा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय निकायहरूले पीसीआर परीक्षण सुरु गरेका छन् । कोरोना संक्रमितहरूको व्यवस्थापन गर्न मंगलबार काठमाडौं महानगरपालिका–१० स्थित रत्नराज्य स्कुलमा पीसीआर परीक्षण गरिएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूकाे गरियाे पीसीआर परीक्षण

काठमाडौं महानगरपालिकाको बानेश्वर क्षेत्र पनि हटस्पटमध्ये एक हुँदै गएकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको सूचि बनाएर परीक्षण गरिएको वडाध्यक्ष रामकुमार केसीले बताए ।

अहिलेसम्म चार वटा क्याम्प सञ्चालन गरि ६ सय जनाको परीक्षण गरिसकेको र पछि परिस्थितिको मूल्यंकन गरेर यसको दायरा बढाउने पनि उनले बताए ।

मंगलबार रत्नराज्यमा सय जनाजतिको परीक्षण गरिएको वडा अध्यक्ष केसीले बताए ।

प्रकाशित : भाद्र २३, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?