१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बुद्धनगरमा एक जना सैलुन सञ्‍चालक मृत भेटिए

काठमाडौँ — काठमाडौंको बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् ।बुद्धनगरस्थित न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षका अशोक ठाकुर मृत भेटिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरले जानकारी दिएको छ ।

आधा सटर खुलेको अवस्थामा ठाकुरलाई ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ठाकुरको मृत्यु शंकास्पद नदेखिएको बताएको छ । उनको शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पताल लगिएको पनि वृत्तले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्टपछि नै मृत्युको कारण खुल्नेछ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ८ घर भएका ठाकुरले करिब १० वर्षदेखि उक्त सैलुन सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ ।

प्रकाशित : भाद्र २२, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?