२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

भक्तपुरमा ट्यांकरको ठक्करबाट भ्यान चालकको मृत्यु, ३ जना घाइते

लीला श्रेष्ठ

भक्तपुर — जिल्लामा ट्यांकरको ठक्करबाट मिनिभ्यान चालकको मृत्यु भएको छ । सहचालकसहित ३ जना घाइते भएका छन् । 

भक्तपुरमा ट्यांकरको ठक्करबाट भ्यान चालकको मृत्यु, ३ जना घाइते

अरनिको राजमार्गअन्तर्गत बाँसघारीस्थित जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ५३२२ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरीत दिशातर्फबाट आइरहेको बा २१ च ८८०५ नम्बरको मिनिभ्यानलाई ठक्कर दिँदा चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट सख्त घाइते मगरको उपचारको क्रममा डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी चक्रराज जोशीले बताए । दुर्घटनाबाट मिनिभ्यानका सहचालकसहित ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा सहचालक मोरङ अमरदहका १५ वर्षीय विवेक राजवंशी, मिनिभ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिने छोरा मेडिड छन् । घाइतेहरुको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सहचालक राजवंशीको अवस्था गम्भीर रहेको डीएसपी जोशीले बताए ।

प्रकाशित : भाद्र ११, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?