२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

टोखा नगरपालिकामा होम आइसोलेसनमा बस्ने संक्रमितलाई दैनिक ३५० रुपैयाँ

सीमा तामाङ

काठमाडौँ — टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ ।  नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो ।

टोखा नगरपालिकामा होम आइसोलेसनमा बस्ने संक्रमितलाई दैनिक ३५० रुपैयाँ

अस्पतालमा बस्नेलाई अस्पतालले नै सबै कुरा व्यवस्था गरे पनि होम आइसोलेसनमा बस्नेलाई कुनै निकायले सहुलियत नदिने भएकाले नगरपालिकाले सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको मेयर प्रकाश अधिकारीले बताए । ‘स्वास्थ्य शाखाले प्रमाणित गरिसकेपछि होम आइसोलेसनमा बसेकाहरूलाई एकमुष्ट रकम उपलब्ध गराउनेछौं,’ उनले भने । यसका लागि स्वास्थ्य शाखाको सिफारिस चाहिने नगरपालिकाले जनाएको छ ।

संक्रमण बढ्दै गएपछि नगरपालिकाले वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस ब्यांक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवनमा संक्रमितहरूलाई राख्ने व्यवस्था मिलाउन अध्ययन गर्न उपमेयर ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरेको छ ।

नगरपालिकाले अहिलेलाई टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४० देखि ६० शय्याको आइसोलेसन विस्तार गरिने जनाएको छ । नगरपालिकामा अहिलेसम्म कोरोनाका ८२ संक्रमित फेला परेका छन् ।

प्रकाशित : भाद्र ४, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?