२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बूढानीलकण्ठ-१० मा पाँचजना भन्दा बढी भेला हुन प्रतिबन्ध

रासस

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको संक्रमण बढ्दै गइरहेको भन्दै साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो ।

बूढानीलकण्ठ-१० मा पाँचजना भन्दा बढी भेला हुन प्रतिबन्ध

त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउन एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व्यापार, व्यवसाय फुटपाथ व्यापार गर्न र भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताए ।

समितिले बूढानीलकण्ठ नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?