१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विवेकशीलको सडक सचेतना कार्यक्रम : ‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील नेपाली दलले कोरोना भाइरसविरुद्ध काठमाडौंका विभिन्न स्थानमा सचेतनामूलक अभियान तथा मास्क वितरण अभियान सञ्‍चालन गरेको छ । 

विवेकशीलको सडक सचेतना कार्यक्रम : ‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’

विवेकशीलको अभियान विभागले राजधानीका धेरै भिडभाड हुने ठाउँमा मास्क वितरण गर्दै कोरोनाविरुद्धको सचेतना कार्यक्रम आयोजना गरेको हो । विवेकशीलले शुक्रबार पाटन क्षेत्र र तेस्रो दिन लगनखेलमा कार्यक्रम सम्पन्न गरेको अभियान विभागकी उपप्रमुख रजिया बानुले बताइन् । उनका अनुसार यसअघि चाबहिल गणेश मन्दिर, तरकारी बजार, बल्खु, वनस्थलीलगायत वरिपरि क्षेत्रमा मास्क वितरण तथा कोरोना सँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

अभियानका क्रममा मास्क वितरण सँगै ‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’, ‘तरकारी लैजानुहोस्, कोरोना नलैजानुहोस्’, ‘कृष्णजीको आशीर्वाद लिनुहोस्, कोरोनाबाट बच्न मास्क लाउनुहोस्’ जस्ता सन्देशहरू उल्लेखित प्लेकार्ड प्रदर्शन गरिएको थियो । अभियानमा स्थानीय नागरिकले समेत साथ दिएका थिए ।

प्रकाशित : श्रावण ३०, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?