१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चितुवाको छालासहित ७ पक्राउ

कान्तिपुर संवाददाता

भक्तपुर — चितुवाको छालासहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । मंगलबार चाँगुनारायण नगरपालिका–८ सुडालबाट उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

चितुवाको छालासहित ७ पक्राउ

पक्राउ पर्नेहरुमा रामेछाप सुनपाती गाउँपालिका–५ का १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा, २१ वर्षीय पासाङ तामाङ, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ का २२ वर्षीय सञ्जिव सिंजाली मगर, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१० का वर्षीय दिपेश तामाङ र २३ वर्षीय मिलन मगर छन् ।

उनीहरुको साथबाट १ थान चितुवाको छाला, बा ९० प ६५१० नम्बरको मोटरसाइकल,९ थान मोबाइल बरामद गरिएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

प्रकाशित : श्रावण २७, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?