भक्तपुरमा केमिकल कारखानामा आगलागी- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा केमिकल कारखानामा आगलागी

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि नगरपालिका-६ निकोसेरास्थित युनाइटेड केमिकल प्रालिमा आगलागी भएको छ । सेनिटाइजर, साबुन, हार्डपिक, गिल्सरिन बनाउँदै आएको कारखानामा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट कारखानाको टहरा पूर्णरुपमा क्षति भएको छ । जुद्ध बारुद यन्त्र भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो ।

आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रालिका सञ्‍चालक अर्जुन श्रेष्ठले बताए ।



तस्बिर : अंगद ढकाल, कान्तिपुर ।






प्रकाशित : श्रावण २७, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा फेरि थपियो ३ दिन निषेधाज्ञा  

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रशासनले शनिबार रातिदेखि जारी गरेको निषेधाज्ञा थप ३ दिनका लागि बढाएको छ भने सिल गरिएका क्षेत्रहरू हटाउने निर्णय गरेकाे छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको बैठकले ३ दिन निषेधाज्ञा बढाएर लैजाने निर्णय गरेको हो ।


कोरोना संक्रमित बढ्दै गएपछि मंगलबार बसेको बैठकमा शनिबार जारी निषेधाज्ञा आउने शुक्रबार राति १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘सिल गरिएको एरिया सबै खुला गर्छौ,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘अत्यावश्यक काम खाद्यान्नका ढुवानीबाहेक सबै बन्द रहनेछन् ।’

शनिबार राति १२ बजेदेखि जारी निषेधज्ञा मंगलबार राति १२ बजे सकिँदैछ । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाकेले जिल्लाभरि तेस्रो पटक गत आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा लगाएको थियो । थपिएको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि लागु रहने छ ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द रहने प्रशासनले जनाएको छ ।

यसअघि बाँकेमा पहिलो पटक वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

बाँकेमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ । २४९ उपचारका लागि आइसोलेसनमा छन् भने ४०५जना निको भएर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण २७, २०७७ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×